३१ लाखभन्दा बढीको सामानसहित २ जना  प्रहरीको नियन्त्रणमा



बाँके। 

जिल्लाको खजुरा गाउँपालिका  ६ स्थित सिमलघारीबाट बिहीबार  सशस्त्र प्रहरीले करिब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न सामानको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको गाडीमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य मध्ये १४ लाख ७० हजार ३०० रुपैयाँको लत्ताकपडा, ५ लाख ८४ हजार रुपैयाँको काँस र १ लाख ४० हजार रुपैयाँको पित्तलका मूर्ति, भाँडाबर्तन तथा सजावटका सामग्री सहित जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका ५ वस्ने ५० वर्षीय कमल हलुवाई र चालक भारतको लखीमपुर जिल्ला कटौली ग्रामपञ्चायत बस्ने ३० वर्षीय भारतीय नागरिक साकिर हुसेनलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालार्ई बरामद सामान र गाडीसहित आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता  शैलेन्द्र थापा जनकारी दिए।

प्रतिक्रिया दिनुहोस्