स्रोत नखुलेको ७ लाख भन्दा बढी रकमसहित एक जना पक्राउ



नवलपरासी पश्चिम।

रामग्राम नगरपालिका-५ बुद्ध चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९ सय रूपैयाँसहित पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने १९ वर्षीय मोहम्मद समिर धुनियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.५९ प ३२३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक धुनियालाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्