अनेमसंघ अदानचुलीको पालिका स्तरीय प्रशिक्षण सम्पन्न 

समाजवादीका चार महिला एमाले प्रवेश 



 हुम्ला । 

नेकपा (एमाले)को भगेनी संस्था अखिल नेपाल महिला संघ (अनेमसंघ) अदानचुलीले एक दिने अगुवा महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अनेमसंघ अदानचुलीका उपाध्यक्ष हाँस फडेराको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा पाटीए र संगठन सम्बन्धमा चार वटा विषयमा सहभागीलाई प्रशिक्षित गर्ने काम भएको अनेमसंघ हुम्लाका अध्यक्ष मञ्जु रावलले जानकारी दिइन्  ।

नेकपा (एमाले)को भगेनी संगठन अखिल नेपाल महिला संघ अदानचुली गाउँपालिकाको आयोजनामा एक दिने अगुवा महिला भेला तथा प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पालिकाका सबै वडाबाट आएका  अनेमसंघका कामरेडहरुको उत्साहजनक उपस्थितिमा तपसिलका कामरेडहरुले निम्न विषयमा प्रशिक्षित गर्ने काम भएको छ ।

‘प्रशिक्षणमा राज्य सञ्चालनमा महिलाको भूमिका र अनेम संघ विषयमा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा मदनभण्डारी फाउन्डेसन हुम्लाका अध्यक्ष नवराज महतारा, एमाले पार्टी र अनेमसंघको भूमिकाका विषयमा एमाले अदानचुली गाउँकमिटि अध्यक्ष तथा मदन भण्डारी फाउन्डेसन हुम्लाका सदस्य बुधे भण्डारी, अनेमसंघको इतिहाँस, उद्देश्य र लक्षयका विषयमा अनेमसंघ हुम्लाका अध्यक्ष तथा मदन भण्डारी फाउन्डेसन हुम्लाका कोषध्यक्ष मञ्जु रावल (फडेरा) र अदानचुली गाउँपालिकाको नीति तथा कार्यक्रममा महिलाका प्राथमिकता विषयमा अदानचुली गाउँपालिका २ का वडा अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य नन्द महताराले प्रशिक्षित गर्नु भएको छ’, अध्यक्ष रावलले थपिन् , ‘प्रशिक्षण कार्यक्रम बदलिँदो परिस्थितिका बारेमा गाउँका महिलालाई जानकारी गराउने निकै सफल भएको छ ।’

अदानचुली गाउँपालिकाका छ वटै वडाबाट आएका महिलाहरुलाई एमाले कर्णाली प्रदेश कमिटी सदस्य अदानकला महतारा, धञ्जे परियारले पनि समसामयिक विषयमा आफ्ना  कुरा राखेका थिए ।

समाजवादीका चार महिला एमाले प्रवेश 

कार्यक्रममा एकिकृत समाजवादीको महिला संगठनका जिल्ला कमिटी सदस्यसहित ५ जना महिला नेतृहरु एमाले प्रवेश गरेका छन्।


अदानचुली २ को सामुदायिक भवनमा आयोजना गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट कलसरी भियाल, नेपाली कांग्रेसबाट रिठा टमटा र छमकला टमटा नेपाली, एकिकृत समाजवादीबाट सरुपा भियाल र अमृता टमटाले एमाले प्रवेश गरेका हुन् । नव प्रवेशीलाई नेकपा (एमाले)का कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतारा, अदानकला महतारा र धन्जे परियारले खादा तथा अविर लगाएर स्वागत गरेका छन् ।

अरुको लहैलहैमा लागेर एमाले फुटाउने काममा लगोको भएपनि पछिल्लो समय जनताको हितमा लाग्ने पार्टी एमाले मात्रै हुने भएकाले आफूहरु आजकै मितिबाट एमाले प्रवेश गरेको एकिकृत समाजवादीबाट एमाले प्रवेश गरेकी  अदानचुली ५ की सरुपा भियालले जानकारी दिइन्  ।

२० जना एकल महिलालाई सल वितरण 

अनेमसंघ हुम्लाले अदानचुली गाउँपालिकाका २० जना एकल महिलालाई सल वितरण गरेको छ ।
अदानचुली २ मा आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रममा अदानचुली १ देखि ५ नम्बर वडामा २० जना एकल महिलालाई न्यानो सल वितरण गरेको संघकी जिल्ला अध्यक्ष मञ्जु रावल (फडेरा)ले जानकारी दिइन् ।

अनेमसंघ हुम्लाका अध्यक्ष रावलको आर्थिक सहयोगमा प्रत्येक वडाका ४ जना एकल महिलालाई न्यानो सल दिएर सम्मान गर्ने काम भएको बताकी अध्यक्ष रावलले आफू पनि एकल महिला भएकै कारण गाउँका एकल महिलालाई कस्तो आर्थिक समस्या भोग्नु पर्छ भन्ने हेतुले नैं  सलले सम्मान गरेको उल्लेख गरिन् ।

अनेमसंघ वडा कमिटीको निर्णयका आधारमा आर्थिक रुपमा विपन्न, सेते पहिरनमा भएका, आश्रय दिने व्यक्ति नगरेका एकल महिलाहरुलाई प्राथमिकता दिने गरी सल वितरण गरिएको  अनेकम संघका कर्णाली प्रदेश कमिटी सदस्य लालपरु सुनारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्