बुवाको हत्या आराेपमा छाेरा पक्राउ



चितवन ।

आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 सुनिलले सामान्य बादबिबाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्