एनिमल बलिउडमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्म,  कति कमायो ?



मुम्बई ।

बलिउड चलचित्र एनिमलको नाम सन् २०२३ को तेस्रो धेरै कमाउने फिल्मको सूचीमा परेको छ ।

 टाइगर ३ र गदर २ को अल टाइम बक्स अफिस कलेक्सन पछि परेको छ भने अहिले रणवीर कपुरको फिल्मले पठान र जवानको कलेक्सनलाइ चुनौती दिँदै अघि बढ्दै गएको छ । तर, सोमबार संकलन घटेको छ ।

 यसलाई हेर्दा, यस्तो लाग्दैन कि एनिमलले आगामी हप्ताहरूमा केहि आश्चर्यजनक गर्न सक्षम हुनेछ। तर, सप्ताहन्तमा संकलनको मात्रा भने बढेको छ । त्यस अनुसार अर्को साता पनि साताको कमाइ बलियो हुन सक्ने जनाइएको । दुवै केसहरूमा के हुन्छ त्यो पछिको कुरा हो तर अहिलेको लागि हामी तपाईंलाई बताउनेछौं कि एनिमलले ११ दिनमा भारत र विश्वभर कति कमायो त ?

 बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार एनिमलले ११ औं दिन अर्थात सोमबार १३ करोड कमाएको छ, त्यसपछि भारतमा एनिमलको कलेक्सन ४४३.२७ करोड पुगेको छ । जहाँ विश्वभर यो संख्या अझै ७५० करोड नाघेको छ । जबकि फिल्मको बजेट १०० करोड मात्रै रहेको बताइएको छ ।

उल्लेखनीय छ कि फिल्मले दोस्रो सप्ताहन्तमा ८७.५६ करोड कमाएको थियो, जुन कमाईको हिसाबले दोस्रो हप्ताको सबैभन्दा धेरै थियो। १० दिनमा रणवीर कपूर, बबी देओल, अनिल कपूर, तृप्ती डिमरी र रश्मिका मन्डन्ना स्टारर फिल्म एनिमलले पहिलो दिन ६३.८ करोड, दोस्रो दिन ६६.२७ करोड, तेस्रो दिन ७१.४६ करोड, चौथो दिन ४३.९६ करोड संकलन गरेको थियो ।

 पाँचौं दिन ४३.९६ करोड कमाएको एनिमलले छैटौं दिन ३०.३९ करोड र सातौं दिन ३०.३९ करोड कमाई गरेको छ, जसका कारण पहिलो हप्ताको कलेक्सन
मात्रै ३३७.५८ करोड पुगेको थियो ।

 आठौं दिन २२.९५ करोड, नवौं दिन ३४.७४ करोड र दशौं दिन ३६ करोड कमाएको थियो । जहाँ विश्वभर यो संख्या ७१७.४६ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्