ट्राफिक प्रहरीको लापसे चेकिङ : एकैदिन ७ जना चालक नियन्त्रणमा



काठमाडौँ।

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा बा ४ ख ५५ १५ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ३ का ३५ वर्षीय रमेश राम शाक्य, ना ८ ख ८४ ९४ नम्बरका बस चालक कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ११ घर भएका ३२ वर्षीय विक्रम विष्ट, ग १ ख २५ ३१ नम्बरका हाइस चालक चितवन घर भएका ३७ वर्षीय डिल्ली राम काफ्ले र ग १ ज ८० ९८ नम्बरका ट्याक्सी चालक तनहुँको भानु नगरपालिका १ का २१ वर्षीय राजु गोतामेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै प्रदेश १-०२- ००१ ख ९३ ८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २८ वर्षीय प्रविण स्याङ्तान, बागमती प्रदेश ०१-०२६ च ८९ ८४ नम्बरका पिकअप चालक सिन्धुलीको तिनपाटन गाउँपालिका १ का २४ वर्षीय छविलाल दमाई(परियार) र बागमती प्रदेश ०१-०२५ च ७९७ नम्बरका पिकअप चालक उदयपुरको कटारी नगरपालिका ९ का २४ वर्षीय राम कुमार खत्रीलाई पनि ‍लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा ‍लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्