कलिलो उमेर पाको प्रतिभा



नाम दिप्सन चिलुवाल, वर्ष १०, कक्षा ४।

सामान्यतया बालबालिकाको परिचय यस्तै–यस्तै हुने गर्दछ। तर, राइनास नगरपालिका–६, लम्जुङ घर भई पिता दीपेन्द्र चिलुवाल र माता सजना केसीको एक्लो सन्तानको रूपमा हाल बूढानीलकण्ठ नगरपालिकाको टोखामा बस्दै आएका दिप्सनको परिचय भने भिन्न र विशेष छ। उनको परिचयमा नामअगाडि विद्यार्थी मात्र जोडिएको छैन, सँगै बाल मोडल र कलाकारको पहिचान पनि जोडिएको छ। त्यो पनि प्रतिभाशाली र क्षमतावान् बाल मोडल तथा कलाकार। १० वर्षको सानो उमेरमा पनि पाको काम देखाएर उनले धेरैको मन लुटिरहेका छन्।

गोंगबुको बानियाँटारस्थित युरो स्कुलको कक्षा ४ मा अध्ययनरत दिप्सनले आप्mनै मेहनत र रुचिले बालखैमा बनाएको लोभलाग्दो परिचय र पहिचान हो यो। उनको यो पहिचान र बालखैमा आर्जित सफलतालाई हेरेर उनका सहपाठीका अभिभावकले उनलाई उदाहरणको रूपमा अघि सार्दै आप्mना छोराछोरीलाई प्रोत्साहित गर्ने गरेका छन्। कलिलो बाल उमेरमै कला र सिर्जनाको क्षेत्रमा केही गरौं भन्ने सोच देखाउँदै आएका उनले शुरुमा एभरेस्ट बैंकको विज्ञापन भिडियोमा अभिनय गर्ने अवसर पाए। त्यसपछि यही वर्ष बालबालिकाबीचको प्रतिभामूलक प्रदर्शनी किड्स क्यापिटल नेपाल २०२३ मा सहभागी भए।

बहुप्रतिभाका धनी दिप्सनलाई प्रतिस्पर्धामा जानु मात्र के थियो, शुरुमै शीर्ष उपाधि चुमिदिए। संगैसंगै एउटै प्रतिभामूलक प्रर्दशनीमा मस्ट पपुलर, आईएमई पब्लिक च्वाइस र युट्युब स्टारको उप–उपाधिलाई आप्mनो बनाएर देखाइदिए। किड्स क्यापिटल नेपाल २०२३ को मुख्य उपाधि चुमेवापत दिप्सनले किड्स क्यापिटल वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यो प्रतियोगिता नेपालमै अयोजना गर्ने योजना बनिरहेको छ। यो प्रतियोगतामा आठदेखि १२ देशका बालबालिका सहभागी हुनेछन्। दिप्सनलाई भने किड्स क्यापिटल नेपाल २०२३ को विजेता भएपछि यसखाले अन्य प्रतियोगितामा पनि प्रतिस्पर्धा गर्ने रहर थपिएको छ। भन्छन् ‘स्कुलको समय मिलाएर अरु कम्पिटिसनमा पनि जान्छु।’

दिप्सनले यसै वर्ष सुमन केसीको गीत फस्दै गएछुमा शानदार अभिनय गरेर देखाइदिएका छन्। जसमा उनको युवा पात्रको भूमिकामा एसराज गराचले अभिनय गरेका छन्। उनले यही वर्ष मेनिया जुस र आईएमई पेको विज्ञापन भिडियो तथा गायक एवं मोडल सशान्त केसीको अटेरी बोलको गीत, अन्डरसाइड ब्यान्डको हिपहप गीत तथा दीपकराज गिरी र दीपाश्री निरौलाका साथ आईएमई रेमिट्यान्सको विज्ञापन भिडियोमा अभिनय गरेर आपूmमा अन्र्तनिहित अभिनय क्षमता प्रदर्शन गरेका छन्। जसलाई हेरेर फिल्म निर्माता निर्देशकले उनका अभिभावकलाई अभिनयका लागि प्रस्ताव गरिरहेका छन्।

चौथो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२३ मा बाल मोडल तथा कलाकारको अवार्ड चुमेका दिप्सन केही अघि राजधानीमा सम्पन्न एम्पल इलाइट फेसन शोको शो स्टपर पनि भएका छन्। मोडलिङ, फुटबल, चित्रकलाजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्ने उनको पढाइ र अतिरिक्त क्रियाकलापलाई संगसंगैसन्तुलित ढगले अघि बढाउने आप्mनै तरिका छन्। नियमित रूपमा स्कुल गएर कक्षा त लिने नै भए। कक्षा सकिएपछि स्कुलले अनिवार्य गरेको कोचिङ क्लास लिन्छन् र घर पुगेपछि पहिले होमवर्क गर्छन् अनि मात्र अरु थोक। जे गरे पनि जितेरै छोड्ने, उत्कृष्टता दिएरै सन्तोष मान्ने स्वभावका कारण सानै उमेरमा ठूलो उपलब्धि हासिल गरेका उनी आपूm त प्रतिभाशाली छंदैछन्, आपूmले जानकेको कुरा अरुलाई पनि सिकाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्