दान्भीमा पूजाको लुक्स



काठमाडौँ।

 लोकप्रिय नायिका तथा निर्मात्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म दान्भीको फस्टलुक सार्वजनिक गरिएको छ।
प्रदर्शन मिति तय नभएको फिल्मको फस्ट लुकमा नायिका पूजा शर्माको एक्सन अवतार प्रस्तुत गरिएको छ। फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन्। लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका दर्शकलाई उत्साहित बनाउने अपेक्षा गरिएको छ। रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा देव मगर र अनुप गडालको लगानी छ। पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बू, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता छन्।

फिल्ममा संजोग रानाको संवाद, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, हरि लामा ‘घले’ को छायांकन, सत्यम् रानाको भीएफक्स र बन्दे प्रसादको सम्पादन रहेको छ।

दान्भीले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्र्याउने अपेक्षा गरिएको छ। निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरूले नयाँ तहमा तयार पारेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्