तत्काल सरकार बदल्ने विकल्प छैन : महामन्त्री शर्मा

मिसन ८४ हैन समृद्ध देशका लागि भिजन १५ वर्ष चाहियो



 बाजुरा। 

  प्रतिनिधि सभासदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार परिवर्तन गर्ने कुनै विकल्प नभएको बताएका छन्  । नेपाल प्रेस युनियन बाजुराले  मंगलवार बिहान नेपाली काँग्रेस पार्टी कार्यालय  वि.पी. स्मृतीभवन मार्तडीमा आयोजना गरेको पत्रकार सम्लेनमा  महामन्त्री शर्माले यसो अभिव्यक्ति दिएका हुन् ।

 सरकारप्रति तपाईँ  लगायत कांग्रेसको इतर समूहका नेताहरु सन्तुष्ट हुनुहुन्न  के सरकार परिवर्तनको  सङ्केत देखिएको हो ? कस्को नेतृत्वमा सरकारमा जाँदै हुनुहुन्छ भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा  महामन्त्री शर्माले भने- वीचमा सरकार फेरवदलको कस्ले नेतृत्व गर्ने भन्दा पनि विकास र समृद्धिको यात्रामा सबै खालका सरकाले लाग्नुपर्ने बताए ।  स्थानीय प्रदेश र संघका सबै सरकार  पाँच वर्ष सम्म चल्छन् , विचमा केही फरेवदल हुँदैन। बरु सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य निवारण गर्नुपर्छ । सांसद जितेर आइसकेपछि  मन्त्री हुन खोज्नु पदलोलुपता हो। यो कमजोरी पनि हो । मलाई मतदाताले  सांसदको काम गर भनेर पठाएका छन् पार्टीले महामन्त्रीको म्यान्डेट दिएको छ। मैले  चार-पाँच वर्ष  महामन्त्री र सांसद कै भूमिका निर्वाह गर्छु उनले  भने।

  नेपाली काँग्रेस पनि सरकारमा छ । जनताका जनिविकिाका सवालमा सरकारले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्छ उनको भनाइ थियो । हामी लोकतान्त्रिक  पार्टीका सिपाही हौँ , सरकारमा छौ भन्दैमा चुपलागेर बस्दैनौँ । सरकारका गलत कामको विरोध गछौं ।  सरकारको गुण र दोषका आधारमा समर्थन र आलोचना गछौं’ उनले भने  ।

नेपाली  काँग्रेस बाजुराले आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्न बाजुरा सदरमुकाम मार्तडी  पुगेका  महामन्त्री शर्माले भने राष्ट्रिय राजनीतिमा  चुनावमा जो जुनसुकै दलको चुनाव चिन्न बोकेर चुनाव लड्यौँ  हार जित आफ्नो ठाउँमा छ । हामी सत्ता बाहिर छौँ भनेर कोही अम्किन पाउनुहुन्न वडा अध्यक्ष देखि सांसद मन्त्री सम्म सबैले आ–आफ्नो भूमिकामा रहेर समृद्ध देश निर्माणमा  लग्नु पर्ने ‘उनको भनाई थियो ।

 सरकारले भ्रष्टाचारका फाइल खोलेर राम्रो काम गरेको छ यसमा नेपाली काँग्रेस पार्टीको पूर्ण समर्थन छ । तर पछिल्ला दिनमा सरकार जुन ढंगले सञ्चालन हुनुपर्ने हो त्यसमा कमीकमजोरी देखिएका छन् हामी खबरदारी गछौं उनको कथन थियो ।

नेपाली काँग्रेस २० वर्ष यत कर्मकाण्डीमा छ हामी आगामी पुसमा पार्टीको महासमिति बैठक डाकेर नीति अधिवेशन गर्छौँ सोही नीति अनुसार काँग्रेस चल्छ । त्यसको सुुझाब सङ्कलनको लागि बाजुरा पुगेको बताए । काठमाण्डौंबाट बाजुरा हेर्ने  दृष्टिकोण र यहाँ  पुगेर देखिने  बाजुरा साँच्किै सुन्दर रहेछ ।  तमाम सम्भावना पनि बोकेको जिल्ला रहेछ ।  देशको समृद्धि काठमाण्डौं, झापा र धनगडीलार्ई हेरेर हैन । बाजुरा, हुम्ला ,मनाङ्ग र मुस्ताङ्गे सडक, सञ्चार, विद्यालय, स्वास्थ्य, शिक्षा लगायतको   आर्थिक सामाजिक अवस्था अवस्था हेर्ने हो।  त्यहाँका जनताको प्रति व्यक्ती आय कति छ त्यसलाई  मापन गरेर मात्र देश निमार्णको खाका कोर्नुपर्छ  महामन्त्री शर्माको भनाई थियो ।

 अरुपार्टीले मिसन ८४ भनिरहेका छन् तपाईँको पनि मिसन ८४ होकी भन्ने जिज्ञासामा महामन्त्री शर्माले भने ।  देशको आवस्यकता अनुसार हामीले गठबन्धन¥यौँ । त्यही गठबन्धनले सरकार सञ्चालन गरेको छ ।  देशमा भएका साना ठूला सबै दल गाउँदेखि केन्द्र सम्म  सरकारमा छन्। केही दलले मिसन ०८४ भनिरहेका छन्। चुनाव जित्नकै लागि मिसन हैन ।  देश निमार्ण गर्न कम्तीमा १५ भिजन वर्ष चाहिन्छ। सोही परिकल्पना अनुसार शिक्षा स्वास्थय, बाटो बिद्यालय  भौतिक संरचना निर्माण र  सामाजिक विकृति विसंगती अन्त्य गर्ने हो । हामी  त्यही अभियानमा छौँ उनको  भनाई थियो ।

अहिले जाजरकोट रुकुम पश्चिमका जनता भूकम्पबाट जसरी प्रभावित भएका छन् ज्यान गुमाएका छन्। हामीले जनताको पिडा कम गर्न मलम लगाउनकै लागि जाजरकोट र रुकुम पश्चिममा पुगेर  अस्थायी टहरा निर्माण गर्न हामी महामन्त्री द्वय  त्यहाँ  पुगेर जनताका अस्थायी टहरा निमार्णमा लगेका छौँ । नागरिकलार्ई जनताको सरकार छ भन्ने अनुभूति दिलाउनुपर्छ जनताको पिडालार्ई सम्बोधन गर्ने पहिलो कर्तव्य भएको बताए ।

चुनावमा पनि गठबन्धन , सरकारमा जानपनि गठबन्धन कस्ता गठबन्धन हो ? भन्ने जिज्ञासामा महामन्त्री शर्माले भने, गठबन्धन नेपालमा मात्र हैन  अरू देशमा पनि छ । अलि बढी  प्राकृतिक हुनुुपछ भन्ने हो।  नेकपा विभाजन भयो ? माधव नेपालले विद्रोह गर्नुभयो । चुनाव आउने बेला कम्युनिष्ट  फुटेका छन् भनेर  हामी एक्ला एक्लै चुनाव  लडेको भए हामीमा स्वार्थ देखिन्थ्यो ।  खोला तर्याे लौरो बिर्स्यो भने जस्तो गर्नुहुँदैन सहमति सहकार्य र  एकताको सन्देश दिन गठबन्धन गरेको उनको भनाई थियो । उनले भने  अहिलेको जमानामा  नोट ट्रानसफर हुन्छ भोट ट्रान्सफर  हुँदैन। , जनताले स्वविवेक प्रयोग गरिहाल्छन्  उनले थपे।

दुुर्गा प्रसाईंको   राजा फर्काउने आन्दोलन  विरामीलार्ई डाक्टर, हैन झाँक्रीसँग लैजाँउ भने जस्तो हो । लोकतन्त्रमा विरोध गर्न पाईन्छ छोटो टिप्पाणी राखे ।
रिगल चौधरीको केशमा  भने आफूले सडक सदन र मिडियामा सर्वत्र उठाएको छ। जोकोही पिडक पर पीडकले आम माफी दिँदा सम्बन्धित भिक्टिम परिवारको स्वीकृति लिएर मात्र न्याय सम्पादन गर्नु पर्ने हुन्छ ।  त्यसको लागि नेपालको कानुन संशोधन गर्न आवश्यक छ शर्माले भने ।

  मंगलवार दिउँसो सदरमुकाम मार्तडीमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै  महामन्त्री शर्माले भने देशको विकास बाटो घाटो भौतिक संरचना बनेर मात्र हुँदैन सामाजिक सांसकृतिक विकृति विसंगती अन्त्य हुनुपर्छ  । चुनावमा  मत हाल्न गएका जनता भोलि पल्ट लास भएर फर्कनु पर्ने कुरीतिको अन्त्य गर्नुपर्छ अनि देश संमृद्धीको यात्रामा जाने बताए ।  शान्ति र संविधान छ । सहमति र सहकार्यको राजनीतिमा यो वेला सबै दल मिलेर देश बनाउने अभियानमा  लाग्नुपर्ने धारणा उनले राखे ।

साफे देखि हुम्लासम्मको सडक सञ्जाल र  बाजुराको  बडिमालिका, बुढिनन्दा, खप्तड लगायत धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न आफूप्रतिवद्ध रहेको  बताए । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति रामसिं रावलको अध्यक्षतामा सम्पन्न जिल्ला भेलालाई काँग्रेस नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्