जाडोमा सगरखण्डको सेवनबाट हुने लाभ



जाडो मौसममा खाइने धेरै मौसमी खाद्यवस्तुहरू छन् । तीमध्ये सगरखण्ड एक हो । जाडोमा सगरखण्ड खानु स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन्छ । यसलाई पौष्टिकताको धनी कन्दमूल मानिन्छ । जाडोमा पाइने यो कन्दमूलले स्वाद बढाउने मात्र नभई शरीरलाई विभिन्न समस्याबाट बचाउन पनि मद्दत गर्छ । त्यसैले सगरखण्ड एक सुपर फुड हो, जसले जाडोमा तपाईंको शरीरलाई न्यानो राख्न मद्दत गर्छ । सेतो सगरखण्ड मधुमेहका बिरामीका लागि पनि लाभदायक मानिन्छ । यसमा फाइबर, एन्टिअक्सिडेन्ट, भिटामिन र भिटामिन बी ६ पाइन्छ । यसको सेवनबाट हुने फाइदालाई यहाँ बुँदागतरुपमा प्रस्तुत गरिएको छ ।

मधुमेहमा:
चिसो मौसममा मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने यो सिजनमा उनीहरुका लागि खतरा बढ्छ । मधुमेह रोगीका लागि सगरखण्ड फाइदाजनक हुन्छ । सेतो रंगको सगरखण्ड उनीहरुका लागि उपयोगी हुन्छ । यसले सुगर सन्तुलनमा राख्न सक्छ । तर खान हुने भन्दैमा एकैपटक धेरै भने खानुहुँदैन ।

पाचनमा:
कब्जियतबाट छुटकारा दिलाउन पनि सगरखण्ड फाइदाजनक मानिन्छ । साथै पाचनका लागि यो कन्दमूल उपयोगी खाद्यपदार्थ मानिन्छ । यसको सेवनले पेटको समस्याबाट ग्रसित व्यक्तिहरूलाई पनि राहत दिन्छ ।

प्रतिरक्षाका लागि:इम्युनिटी बढाउनका लागि सगरखण्ड सेवन गर्न सकिन्छ । यसमा भिटामिन ‘सी’ पाइन्छ, जसले रोग–प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन मद्दत गर्छ । जब रोग–प्रतिरोधात्मक क्षमता बलियो हुन्छ तब त्यसले चिसो, खोकी र भाइरल इन्फेक्सनबाट बचाउन मद्दत गर्छ ।

दममा:
सगरखण्डमा कोलिन पाइन्छ । यो पोषक तत्वले मांसपेशीको चाल, सिकाइ र स्मरणशक्तिलाई कायम राख्न पनि मद्दत गर्छ । यति मात्र होइन, दम र श्वासप्रश्वासको समस्यामा पनि यो फाइदाजनक हुन्छ ।

मोटोपनामा:
आलुभन्दा सगरखण्ड धेरै फाइदाजनक मानिन्छ । तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने आलुको सट्टा तपाईंले आफ्नो डाइटमा सगरखण्डलाई समावेश गर्न सक्नुहुन्छ । किनकि आलुभन्दा सगरखण्ड बढी हितकारी हुन्छ ।
(स्रोत ः ाययम।लमतख।अयm)

 

प्रतिक्रिया दिनुहोस्