चिटिक्क कलंकी मन्दिर 



काठमाडौँ।

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको रजत जयन्तीको अवसर पारेर  कलंकी माई मन्दिरलाई सजावट गरिएको छ ।

रजत जयन्ती  समापनको पूर्व सन्ध्यामा  शुक्रवार मन्दिरमा रंग लगाएर तथा फूल मालाले मन्दिर सिङारिएको हो।

कलंकी माईलाई  साक्षात् देवीको रुपमा लिने गरिन्छ।

रजतजयन्तीको अवसरमा संस्थाले  विभिन्न परोपकारी तथा धार्मिक काम गर्दै  आएको छ। एक वर्ष अगाडी सुरु भएको संस्थाको रजत जयन्ती भोलि समापन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्