उपरथी पाण्डेले दिए राजिनामा



काठमाडौँ।

उमेर विवादमा परेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजिनामा दिएका छन ।

राजिनामा दिएका पाण्डेको रथीमा बढुवाको लागि प्रधानसेनापति प्रभुराम शर्माले सिफारिस गरेको भएपनि उनको जन्ममिति विवादमा आएको थियो ।

उनले हिजो बिहीबार प्रधानसेनापति शर्मालाई राजिनामा बुझाएका थिए । आज शुक्रबार उनको राजिनामा स्वीकृतकालागि रक्षा मन्त्रालय पठाएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले जानकारी दिए । पाण्डेको राजिनामा स्वीकृत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्