मुगु सामूहिक हत्या प्रकरण : लुट्ने उद्देश्यले भएको थियो हत्याको योजना



काठमाडौँ ।

मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या लुटपाटको उद्देश्यले भएको प्रहरीको बताएको छ । हत्यामा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी)ले पिना गाउँपालिका –७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले र गोपाल बोहोरालाई पक्राउ गरेको छ ।

पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले बाँकेस्थित कोहलपुरमा बस्छन् । ‘‘काले’ ले लुटपाट गर्ने उद्देश्यले पिना गाउँपालिका घर भएका गोपाल बोहरासँग मिलेर हत्या योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्