जाजरकोट भूकम्प : घाइते एक जनाको उपचारका क्रममा मृत्यु


काठमाडौँ।

जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भएको हो । यससँगै जाजरकोट र रुकुम पश्चिम भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १५४ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।