एनओसी मेडिकल कमिसनका अध्यक्ष डा. श्रेष्ठको निधन



काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का मेडिकल कमिसनका अध्यक्ष डा.सरोज कृष्ण श्रेष्ठको निधन भएको छ ।

बिहीबार उपचारका क्रममा ६९ वर्षे श्रेष्ठको बिएण्डबी अस्पतालमा मृत्यु भएको हो । हाडजोर्नीका विशेषज्ञ डा.श्रेष्ठ ओम अस्पतालमा कार्यरत थिए ।

ललितपुर सातदोबाटो तल्छीखेलबाट कार्यालय जान आज बिहान करिब ९ः३० बजे कारमा बसेपछि श्रेष्ठले असहज महसुस गरेका थिए। तत्कालै उनलाई उपचारका लागि बिएण्डबी पुर्याईएको उनको पारिवारिक सूत्रले बतायो । उनी एन्टी डोेपिङका बारेका राम्रो जानकार मानिन्थे । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

विदेशमा रहेका छोरा आएपछि उनको दाहसंस्कार गरिनेछ । श्रेष्ठ यसै महिना चीनको हाङचाउमा भएको पारा एसियाली खेलकुदमा पारा एसियन एन्टी डोपिङ कार्यवाहक प्रमुखको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्