एन्फा अध्यक्ष बर्खास्तीको प्रस्ताव अस्वीकृत



काठमाडौँ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव अस्वीकृत भएको छ । बिहीबार भएको मतदानमा अविश्वासको प्रस्ताव अस्वीकृत भएको हो ।

विशेष साधारण सभामा मतदान हुँदा बर्खास्तीको विपक्षीमा ५३ मत खसेको थियो । ८६ मध्ये ३४ जनाले भने मतदान प्रक्रियामा नै भाग लिएनन् । अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पास हुन दुई तिहाई मत आवश्यक पर्दछ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्