पोर्चुगलको राजदूतमा सनिल नेपाल सिफारिस



काठमाडौं ।

सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम सिफारिस गरेको हो ।

कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा चिनिएका उनले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालयबाटै मानवीकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्