चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङ काठमाडौं आइपुगे


काठमाडौँ।

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँच दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

नेता वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छिन्।

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसहित नेपाल आएका उनले बुधबारदेखि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।

बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनिता देवीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

२५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।