एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले बुधबार दिउँसो पौने १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।

बैठकमा जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापनासहित समसामयिक, राजनीतिक तथा पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।