प्रधानाध्यापक मृत्यु प्रकरणको छानबिनको माग गर्दै प्रदर्शन



सिरहा ।

सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै परिवार र स्थानीयले चक्काजाम गरेका छन् ।

उनीहरूले मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । गोलबजार नगरपालिका(३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान मृत भेटिएका थिए ।

मिर्चैया नगरपालिका-६ का साह पासो लागेको स्थानमा रगत देखिएकाले आत्महत्या नभई हत्या भएको परिवारको आरोप छ । परिवारजनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र उचित न्याय पाउनुपर्ने माग गरेका छन् ।

साहको शव पोस्टमार्टमका लागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ । यता, प्रहरीले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट आत्महत्याको संकेत देखिए पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्