कम्बोडियामा ओलीको ३ अर्ब लगानी रहेको पुष्टि गर्न प्रसाईलाई प्रहरीको चेतावनी



काठमाडाै‌ ।

नेपाल प्रहरीले बि एण्ड सी मेडिकल अस्पताल सन्चालक दुर्गा प्रसाईसँग पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पुष्टि गर्न चुनौती दिएको छ। प्रहरीले उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोपको पुष्टि हुने केही आधार भए उपलब्ध गराउन माग गरेको छ।

यसअघि प्रहरीले पटक पटक आग्रह गर्दा उनले विभिन्न वहाना गरेर उम्किन खोजेपछि आईजीपी वसन्त कुँवर आफैंले उनलाई फोन गरेर आरोप प्रमाणित गर्न वा कानून बमोजिम कारवाहीको भागिदार बन्न प्रहरीसमक्ष उपस्थित हुन भनेका थिए ।

त्यसपछि प्रसाईले आइतवार केन्द्रीय साइबर ब्यूरोमा गएर प्रारम्भिक वयान दिएका छन् । उनलाई प्रहरीले अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको छ ।

प्रसाईले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्