जाजरकाेट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १५७ पुग्यो, २५७ जना घाईते, परकम्प जारी



काठमाडाैं ।

भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ । शुक्रबार राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।  साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन । घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

आइतबार १९ गते ९:०० बजे सम्मको भुकम्पको कारण भएको मानविय क्षतिको अपडेट :- जाजरकोट:- (मृत्यु -१०५/घाईते: ११२), पश्चिम रुकुम,:- (मृत्यु -५२/घाईते: १३२), दैलेख:- (घाईते: ३), बैतडी,:-(घाईते: ३), जुम्ला:- (घाईते: ५) रोल्पा:- (घाईते: १) र सल्यान:-(घाईते: १)  रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्