सशस्त्र प्रहरीद्वारा टेन्ट र पालसहित तीन डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर जाजरकाेट पठाइयो 



काठमाडाैं ।
भुकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम (DRS) कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ पठाईएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज विहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार पाल र ७ सय थान डोम टेन्ट लिएर पश्चिम रुकुमको लागि हिडेको हो ।
उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं.२० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान टेन्ट र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार पाल लिएर  ३ वटा कन्टेनर गएको हो । यसअघि भुुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम(DRS) कन्टेनर पठाई सकिएको छ । आज पनि भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले उद्दार कार्य जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्