अध्यक्ष तिमिल्सिनाको  एक महिनाको तलब भूकम्प पीडितलाई 



काठमाडौँ। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो  तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने भएका छन्।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन्।

शुक्रबार  ११.४७ बजेको  समयमा गएको ६.४ म्याग्निच्युटको  भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।

अध्यक्ष तिमिल्सनाले प्रकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्दार र पिडीतहरुका लागि राहत तथा पूर्नस्थापनामा  जुट्न सबैलाई आग्रह पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्