भूकम्पप्रभावित परिवारका लागि जिल्ला जान निःशुल्क बस



काठमाडौं ।

अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ।

पूर्वअरनिको यातायात प्रालिले आज जाजरकोट र रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ। बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन्। भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ।

भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ। जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्