नेपाली काँग्रेसमा विवाद: एकपक्षले जिल्ला सम्मेलन बहिष्कार गर्‍यो



धादिङ । 

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनमा चरम विवाद देखिएको छ ।

केन्द्रमा रहेकाे शेरबहादुर देउवा र शेखर कोइरालाबिचको गुट जिल्लामा पनि देखिएको छ । कोइरालाको नेतृत्व जिल्लामा सभापति रामनाथ अधिकारीले गरेका छन् भने  देउवाको नेतृत्व जिल्लामा नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गानाले गरेका छन्।

दुबै पक्षकाे पकड हाराहारी रहेकाे धादिङमा पहिलाे पटक गरिएकाे सम्मेलनकाे अन्तिम चरणमा ढुंगाना पक्षले बहिस्कार गरेको छ ।

नेपाली कांग्रेस नेता शेखर कोइरालाले उद्घाटन गरेको  प्रथम जिल्ला सम्मेलन केन्द्रीय सदस्य दिलमान पाख्रिन, निवर्तमान सभापति रमेश धमला समेतकाे समर्थनमा गत जिल्ला अधिवेशनमा ढुंगाना झिनो मतले पराजित भएका थिए ।

पार्टीलाई विधानत संचालन गर्न पटक पटक आग्रह गर्दा पनि सभापति रामनाथ अधिकारीले स्वच्छचारी ढंगबाट पार्टी संचालन गरेकाले बहिस्कार गर्नुपरेको पत्रकार सम्मेलनमा ढुङ्गानाले जानकारी दिए । जिल्ला सम्मेलनमा महासमित सदस्य बासु तिम्मलसेना र दुवै क्षेत्रका क्षेत्रीय सभापति द्वय राकेश धमला, कुमार सिंखडा पनि सहभागी नहुने भएका छन् ।

पत्रकार सम्मेलनमा सहभागी निवर्तमान सभापति धमलाले जिल्ला  सम्मेलन गुटको भेला मात्र भएकाले सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

जिल्ला कार्य समितिले विधान विपरीत २० प्रतिशत भन्दा बढी सदस्य नियुक्ति गरेको, गर्नुपर्ने काम नगरेकाे, निवर्तमान सभापति तथा पराजित सभापतिको परामर्श नलिएको, विभागहरु गठन नगरेकाे ढुंगाना पक्षकाे आरोप  छ ।

नेपाली काँग्रेस सभापति रामनाथ अधिकारीले पनि छुट्टै पत्रकार सम्मेलन समेत गर्दै पार्टीको सम्मेलन स्थगित नहुने बताउदै सम्मेलन विधान अनुसार हुने बताए । कार्यक्रमकाे नेपाली काँग्रेस नेता शेखर काेईरालाले उद्घाटन गरेका छन् । कार्यक्रममा ढुंगाना पक्षका गाउँ तहसम्मका कार्यकर्ता सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्