तिलोत्तमा नगरपालिकाकाद्वारा भुकम्प पीडितलाई १० लाख सहयाेग, उद्धारका लागि स्कार्पियो पठाइने



काठमाडौं ।

रूपन्देही तिलोत्तमा नगरपालिकाका तर्फबाट भुकुम्प प्रभावित दुई जिल्लामा उद्धार, राहत र पुनस्र्थापनाका लागि ५/५ लाखका दरले १० लाख रुपैया उपल्ब्ध गराउने निर्णय भएको छ ।

यसै गरि नगरप्रमुख रामकृष्ण खाँणले प्रयोग गर्ने BAA 0960 नम्बरको स्कार्पियो गाडी उद्धारका लागि पठाइने भएको छ   ।

साथै अत्यावश्यक औषधि र ५ जना स्वास्थ्यकर्मी सहितको टोली सहित नगरपालिकाको एक एम्बुलेन्स पनि भुकुम्प प्रभावित क्षेत्रमा जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्