अमेरिकी दूतावासले भन्यो : नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता



काठमाडौँ ।

नेपालस्थित अमेरिकी दूतावासले भूकम्पको क्षतिपछिको पुनर्लाभका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले भूकम्प पीडितका लागि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै भनेको छ- नेपालको जाजरकोट र रुकुम(पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबर प्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ।

नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गर्दै सहायता चाहिएमा अमेरिकी नागरिकहरूले [email protected] र +977 01-423-4000 मा आफ्नोअमेरिकी नागरिक सेवा टिमलाई सम्पर्क गर्नसक्ने जानकारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्