उद्धारका लागि १२ सय बढी सुरक्षाकर्मी परिचालन

जाजरकाेट भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० घाइते



काठमाडाैं  ।

शुक्रबार मध्यरातमा आएको भूकम्प परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ ।  जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् ।

घाइतेहरू मध्य ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा खटिएका छन्। अहिले उद्धारका लागि १२ सय भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। नेपाल प्रहरीका ८ सय भन्दा बढी प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।  नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्