प्रधानमन्त्री प्रचण्डले ७ जना घाइते सुर्खेत ल्याए


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जना घाइतेलाइ सुर्खेत ल्याएका छन् ।  गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प परी घाइते भएका मध्ये ७ जनलाइ सुर्खेत ल्याएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालका अनुसार उनीहरूलाइ जाजरकोटबाट सुर्खेत ल्याइएको हो । उनीहरूकाे सुर्खेतमा उपचार जारी रहनेछ ।

भुकम्प गए पछि एकाबिहानै प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको उपचार तथा पीडितहरूको व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।