भूकम्प पीडितलाई ५० लाख दिने कांग्रेसको घोषणा



काठमाडौं ।

नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको जनाएको छ ।

यस समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा अपील गरेको छ ।

‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले रु. ५०,००,०००।– (पचास लाख) नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’
 

 

प्रतिक्रिया दिनुहोस्