भूकम्प प्रभावितका लागि ४ वटा बस नि: शुल्क 



काठमाडौँ। 

 स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरिएको छ । स्वास्थ्य मन्त्री बस्नेतको आग्रहमा पूर्व अरनिको यातायातले २ वटा बस जाजरकोटका लागि र २ बस पश्चिम रुकुमका लागि नि:शुल्क उपलब्ध गराएको जानकारी दिएको छ ।

 पूर्व अरनिको यातायतका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्य मन्त्री बस्नेतको आग्रहपछि सामाजिक उत्तरदायित्व अन्तरगत समितिले ४ वटा बस नि:शुल्क उपलब्ध गराएको बताए ।

 भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पूर्व अरनिको यातायातले आग्रह गरेको छ । जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १२० भन्दा बढीले ज्यान गुमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्