सोल्टीमोडमा नेपाली सेनाका लेस नायक मृत फेला



काठमाडाैं  ।

नेपाली सेनाका लेस नायक सोल्टीमोडमा मृत अवस्थामा फेला परेका छन् । उनको शव शनिबार बिहान ६: १५ बजे काठमाडौंको सोल्टिमोड स्थित दरवार बैंकेट अगाडि सडक पेटिमा लडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको चन्द्र गिरी नगरपालिका वडा नं. ६ घर भएका २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन् । उनको साथमा नेपाल आर्मीको आईडी कार्ड रहेको र उनी गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरवन्दी भई लेस नायक दर्जामा कार्यरत रहेको प्रहरीको भनाई छ । उनको मृत्युको कारण खुलेको छैन । तर, उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्