मुगुमा मारिएका सबैको दाहसंस्कार



मुगु।

छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो ।

हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो । यही कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरा मारिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्