झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गर्ने सरकारको निर्णय



काठमाडौं ।

झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गरिएको छ । मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुईजनाको नागरिकता बदर गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले झुटो विवरण पेस गरेका काभ्रेपलाञ्चोकबाट निमा तामाङ र कालिकोटबाट देवराज धमलाको नागरिकता रद्द गर्ने निर्णय गरेको जानकारी दिइन् ।

तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्