सशस्त्र प्रहरी बलको डुङ्गा दुर्घटना, दुईजना घाइते



विराटनगर ।

सशस्त्र प्रहरी बलको डुङ्गा दुर्घटना भएको छ । गोताखोर अभ्यासका क्रममा सप्तकोशी नदीमा डुंगा दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

दुर्घटनामा परेकाहरूलाई सशस्त्र प्रहरीको गोताखोरको टोलीले उद्दार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्