अफ्रिकाको सर्वोच्च शिखरमा नेपालको झन्डा



काठमाडौँ।

नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन् । अक्टाेबर ३१ तारिखमा बिहान ६:४० मा तान्जेनियामा अवस्थित किलिमन्जारो हिमालको सफल आरोहण‍ गरेका हुन् । उनले पाँच हजार आठ सय ९५ मिटर अग्लो किलिमन्जारोमा नेपालको राष्ट्रिय झन्डा फहराएका छन् । आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको पाण्डेले बताए ।

यसअघि उनले गत जुन २९ तारिखमा रुसस्थित युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल आरोहण गरेका थिए। साथै उनले सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । उनी सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यमा छन् । यस अभियानअन्तर्गत क्रमश अन्य महादेशका हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्