कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन :  शेखर कोइराला



कास्की ।

 नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस एकजुट भए कसैले हराउन नसक्ने बताएका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नं.१ को क्षेत्रीय सम्मेलनलाई बुधवार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने र हराए भने कांग्रेसले नै हराउने गरेको बताए । काँग्रेस एकजुट भएको खण्डका काँग्रेस बलियो हुने उनको भनाइ थियो । पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस पाटी अरु पार्टीभन्दा बलियो रहेको उनको दाबी थियो ।

 पार्टी जीवनलाई मजबुत बनाउन सबै नेता कार्यकर्ताको इमान्दार पर्यत्न जरुरी रहेको बताउँदै उनले कांग्रेसको संगठनलाई जुझारु र सशक्त बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

 नेता शेखर कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने भएकाले कांग्रेसले ९/९ मन्त्रालय लिए पनि जनताका पक्षमा काम गर्न नसकेको बताए।

नेता कोइरालाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरू प्रति प्रश्न गर्दै के का र कसका विरुद्ध जनता सडकमा उतार्छौ भन्दै प्रश्न गरेका छन् । महँगी घटाउन ? भ्रष्ट्राचार रोक्न ? द्वन्दहिनता अन्त्य गर्न ? आफै सरकारमा हुनुहुन्छ, कसले रोकेको छ, गर्नुस् न ? कसको विरुद्ध लाखौँ मानिस सडकमा ल्याउने भन्दै हुनुहुन्छ ?’
नेता कोइरालाले कांग्रेसले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले काँग्रेस कमजोर बनेको बताउँदै म सिद्धान्तहीन राजनीति गर्न सक्दिन र छोड्न पनि नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्