रिगलको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ सकियो, फैसला भाेलि



काठमाडाैं ।

राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतले भाेलि निर्णय सुनाउने भएको छ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले दुवै तर्फको बहस सुनिसकेपछि बिहीबार निर्णय सुनाउने दिन तोकेको हो।

मंगलबार र बुधबार निरन्तर सुनुवाइ गरी पूर्ण इजलासले निर्णय दिन लागेको हो। मंगलबार सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्