युनेस्को क्रियटिभ सिटीज नेटवर्क, काठमाडौँ चलचित्र सहरका रुपमा छनोट



काठमाडाैं  ।

चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क)मा जोडिएको छ।

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो। यूसीसीएन ९युनेस्को क्रियटिभ सिटीज नेटवर्क० मा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी ९खानाका परिकार०, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नुपर्ने प्रबन्ध थियो।

यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो। सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरू आबद्ध छन्। यस पटक ५५ वटा सहर थपिएका हुन्।

रचनात्मक सहरका सबै विधाहरू काठमाडौँसँग सम्बन्धित छन्। चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको काठमाडौँ महानगरपालिकाको प्रवक्ता नवीन मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्