मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु



काठमाडौं ।

कैलाली र कञ्चनपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–६, खैरेनापुरमा सु.प.प्र ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २६ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, अर्जुनी जंगलस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परेको छ । यूके ०३ डी ५९५६ नम्बरको भारतीय मोटरसाइकल मंगलबार राति अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चम्पावत जिल्ला पूर्णागिरी गाउँ भारत बस्ने २५ वर्षीय रोहीत अग्रवाल रहेका छन् । साइकलयात्रीलाई बचाउन खोज्दा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्