राष्ट्रियसभामा रिक्त हुने १९ पदका लागि माघमा निर्वाचन गर्न आयोगको प्रस्ताव



काठमाडौँ।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि आगामी माघमा निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रस्ताव गरेका हुन् ।

उनले माघ दोस्रो साताभित्र चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि सरकारले निर्णय गर्नुपर्ने बताए । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे अन्तिम निर्णय गर्दछ ।

यस्तै प्रतिनिधिसभामा रिक्त एक, प्रदेशसभाका २ र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको उनको भनाइ छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पद रिक्त हुँदैछ । सदस्य रिक्त हुनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्