पोखरा ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।
पर्वत घर भएका प्रहरी साहायक निरिक्षक टिकाराम ढुंगाना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसको अन्नपूर्ण बेसक्याम्प भ्रमणका क्रममा सुरक्षाका लागि त्यहाँ पुगेका थिए।
गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत भने हिँडेर फर्किँदै थिए। हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान लेक लागेर श्वासप्रस्वासमा समस्या भएको थियो।
त्यसपछि उनलाई हेलिकप्टरमा पोखरा अस्पतालमा ल्याइएको थियो। तर, पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्।












प्रतिक्रिया