कलंकीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं ।

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको रजतजयन्तीको अवसर पारेर यही कात्तिक १८ शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ ।

कलंकी मन्दिरसँगै रहेको नेपालय कलेजमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कार्यक्रमका संयोजक सुन्दर थापाले जानकारी दिए । सहीद मेमोरियल अस्पतालको सौजन्यमा हुन लागेको उक्त स्वास्थ्य शिविरमा जनरल मेडिशिन, हाड तथा नशा रोग, प्रसुती, नाककान घांटी लगायतको विषेशज्ञ सेवा प्रदान गरिने संस्थाका कोषाध्यक्ष लक्ष्मण रायमाझीले जानकारी दिए ।

सो अस्पलातले शिविरमा नि:शुल्क स्वास्थ्य लाभ लिएका बिरामीहरुलाई थप सेवा लिन परे अस्पतालमा विषेश छुट दिने व्यवस्था समेत गरेको थापाले जानकारी दिए । काठमाडौ महानगरपालिका १४ वडा भित्र बसोवास गर्दै आउनु भएका स्थानीयवासीलाई उक्त निशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन पनि संस्थाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्