इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टाइनी मारिए


काठमाडौं ।

वेस्ट बैंकको जेनिन सहरमा भएको इजरायली सेनासँगको आक्रमणमा चारजना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले चलाएको गोली लागेर चारजनाको मृत्यु भएको हो । साथै अन्य ६ जना घाइते भएका बताइएको छ ।

झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ । क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो । मारिएकामध्ये एकजना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वर्षीय वाम इयाद हानौन रहेको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।