प्रधान सेनापति ट्रफी प्रतियोगिता सुरु 



 काठमाडौँ ।

प्रधान सेनापति ट्रफी -२०८० खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु भएको छ। प्रधान सेनापति  प्रभुराम शर्माले  जङ्गी अड्डास्थित खेल मैदानमा  प्रतियोगिताको उद्घाटन गरेका हुन्।

असोज  ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको छ ।

समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधान सेनापतिहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेलकुद सङ्घका पदाधिकारीहरु, सैनिक श्रीमती सङ्घका अध्यक्ष तथा पदाधिकारीहरू, सैनिक सहचारीहरू, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाली सेनाका अधिकृत लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।

नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ .२०६५ सालबाट प्रधान सेनापति ट्रफी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्