सुनजस्तो देखिने पहेंलो धातुसहित दुईजना भारतीय नागरिक पक्राउ



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो धातु ३ सय २० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका अग्रवाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा उनको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरीलाई उक्त विमानस्थलको आगमन लिफ्ट भर्‍याङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको उक्त धातुको बाला १ थानसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्