जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह एमालेमा प्रवेश


काठमाडौं ।

जनमत पार्टी परित्याग गरेर शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र छाडेर जनमत पुगेका उनी एमालेमा प्रवेश गरेका हुन् ।

गत १० वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा उनी जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका थिए ।

बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।