सांसद सञ्जय सिंह पक्राउ


काठमाडौं ।

भारतको आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ परेका छन्। दिल्लीको मदिरा घोटाला प्रकरणमा उनलाई प्रवर्तन निदेशालय (ईडी) ले गिरफ्तार गरेको हो।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। ईडीले बुधबार बिहान सञ्जय सिंहको घरमा छापा मारेको थियो। त्यस क्रममा केही घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो। उनीसँग झन्डै १० घण्टा सोधपुछपछि गरिएको थियो।

यसअघि आम आदमी पार्टीका नेता सत्येन्द्र जैन र मनिष सिसोदिया पनि पक्राउ परेका छन्। मनिष सिसोदिया हाल जेलमा छन्, तर सत्येन्द्र जैन उपचारका लागि धरौटीमा रिहा भएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।