महिलाले चक्कु बोकेर बैंक छिरेपछि…



एजेन्सी ।

हङकङमा बुधबार दिउँसो एक महिला चक्कु बोकेर बैंक छिरेपछि केहीबेर स्थिति तनावपूर्ण बन्यो। चुनवानस्थित डीबीएस बैंकको शाखामा दिउँसो २ बजेतिर पुगेकी उनले बैंक टेलरलाई धम्क्याउँदै चक्कु देखाएकी थिइन्।

महिला झगडा गर्ने मनस्थितिमा देखिएपछि क्लर्कले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै आएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिए।

महिलालाई प्रहरीले पक्राउ गरेर लगेपछि बैंकको काम सुचारु भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लगानी डुबेपछि ती महिला बैंक टेलरसँग भिड्ने निर्णयसहित चक्कु बोकेर छिरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्